तपाईँ सुन्दै हुनुहुन्छः

मकालु हिमाल आरोहणका लागि गएका पर्यटन व्यवसायीको निधन

इलाम ।  मकालु हिमाल आरोहण गर्न गएका इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तुका होमस्टे व्यवसायी  तथा स्थानीय एक विद्यालयका प्रधानाध्यापकको निधन भएको छ। 

सूर्योदय नगरपालिकाको श्रीअन्तुस्थित मेची माध्यमिक विद्यालयका एवम् प्रधानाध्यापक होमस्टे एसोसिएसन १ नम्बर प्रदेशका उपाध्यक्ष समेत रहनुभएका धरणी घिमिरेको मकालु बेसक्याममै निधन भएको हिमाल चढ्नसँगै गएका धरणीका माइला दाजु तथा होमस्टे व्यवसायी रुद्र घिमिरेले जानकारी दिनुभयो । 

मकालु हिमालको ४ हजार २ सय मिटर उचाइको टाडोसा बेसक्याम्पभन्दा केही माथि ४ हजार ६ सय १० मिटर उचाइमा पुगेपछि धरणी बिरामी परेर बेहोस भएपछि उनलाई त्यहाँबाट फर्काएर टाडोसा हुँदै याङ्माले बेसक्याम्प ल्याइँदै थियो। 

तर, ३ हजार ५ सय मिटरमा रहेको याङ्माले बेसक्याम्प पुर्‍याउनु अघि नै अझ गम्भीर भएपछि उनलाई उपचारका लागि काठमाडौँबाट हेलिकप्टर मगाइएको थियो।

४२ घण्टासम्म पर्खिँदा पनि मौसमका कारण हेलिकप्टर आउन नसकेपछि कात्तिक १ गते दिउँसो करिब साढे १२ बजे धरणीको निधन भएको  पारिवारिक स्रोतले जनाएको छ। 

फोन सम्पर्क हुन नसक्दा मृत्युको खबर घरमा समेत जानकारी समयमै नसकिएको रुद्रले जानकारी दिनुभयो ।  बिहीबार मात्र फोन सम्पर्क हुने स्थानमा आइपुगेर घटनाबारे आफन्तलाई जानकारी दिएको उहाँले जानकारी दिनुभयो ।

शव ल्याउन समेत कठिन भएपछि स्थानीय समुदायकै परम्परा अनुसार अन्त्येष्टि  गरिएको मृतकका माइला दाजु घिमिरेले जानकारी दिनुभयो । 

इलामको सूर्योदय नगरपालिकाका ४ सहित ७ युवा मकालु हिमाल आरोहण गर्न गत असोज २५ मा हिँडेका उनीहरू अन्तुबाट धरान हुँदै २७ गते नगुम बजार पुगेका थिए। 

मकालु बेसक्याम्प पुगेपछि धरणीको अक्सिजन लेभल घटेको र निमोनिया समेत भएको र समयमै अस्पताल पुराउन नसक्दा निधन भएको सँगै गएका उनका साथीहरूले बताएका छन्

प्रतिक्रिया राख्नुहोस्

Back to top button