तपाईँ सुन्दै हुनुहुन्छः

१ लाख नगदसहित २२ जुवाडे पक्राउ

बीरगंज । पर्सागढी नगरपालिका वडा नम्बर ९ बडेर्वामा जुवा खेलिरहेको अवस्थामा गए राति प्रहरीले २२ जना जुवाडेलाई पक्राउ गरेको छ । 

पर्साको पर्सागढी बडेर्वामा गए राती जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान टोलीले विशेष सूचनाको आधारमा छापा मार्दा  २२ जना जुवाडेलाई पक्राउ गरेको हो । 

घटनास्थलबाट प्रहरीले १ लाख रुपैयाँ नगदसहित २२ जना जुवाडेहरूलाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेको छ । 

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button