तपाईँ सुन्दै हुनुहुन्छः

चितवनका चेपाङ बालबालिकालाई अष्ट्रियाबाट खाद्यान्न सहयोग

चितवन । चितवनको गामवेँसी चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकाका लागि अष्ट्रियामा बस्ने माया मुलर र एलमर मुलरले खाद्यान्न सहयोग गर्नु भएको छ ।उहाँहरूको आफ्नै सामाजिक संस्था धन्यवाद नेपाल हिल्फेमार्फत यसरी सहयोग गर्नु भएको हो । माया लामा (मुलर) को घर चितवनको माडी भए पनि उहाँ हाल अष्ट्रियामा बस्दै आउनुभएको छ ।

उहाँहरूले चितवनको रत्ननगरस्थित संरक्षक केन्द्रमा पुगेर २० बोरा चामल, ३० किलो दाल, १० किलो लसुन, १८ किलो प्याज, १० किलो आलु, २० किलो मासु, मसलासहितको खाद्यान्न सहयोग गर्नु भएको कार्यक्रमका संयोजक श्रीलाल परियारले जानकारी दिनुभयो ।लायन्स क्लबका डिष्ट्रिक चिफ एड्भाइजर योगेन्द्रनाथ अधिकारी र लायन्स क्लब अफ चितवन सौराहाका अध्यक्ष विक्रम चौधरीको उपस्थितिमा उक्त खाद्यान्न सहयोग हस्तान्तरण गरिएको थियो ।

यसअघि पनि उक्त संरक्षण केन्द्रलगायत नेपालका धेरै असहाय तथा विपन्न परिवारलाई उहाँहरूले यसै गरी पटक पटक आर्थिक तथा खाद्यान्न सहयोग गरिसक्नु भएको छ ।विसं २०७२ को भूकम्प पीडितका लागि समेत उहाँहरूले प्रभावित क्षेत्रमा पुगेर सहयोग गर्नु भएको थियो । उक्त संरक्षण केन्द्रमा एक सय ५० भन्दा बढी चेपाङ बालबालिका आश्रित छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button