तपाईँ सुन्दै हुनुहुन्छः

खैरो हेरोइनसहित दुई भुटानी शरणार्थी पक्राउ

भद्रपुर, झापा । सशस्त्र प्रहरीले खैरो हिरोइनसहित दुई जना भुटानी शरणार्थीलाई पक्राउ गरेको छ । 

मेचीनगर नगरपालिका–७ सीमा इलाकामा खटिएको सशस्त्र प्रहरीको टोलीले लुकिछिपी भारतबाट नेपाल प्रवेश गर्दै गरेका दमक नगरपालिका ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्ने बलराम लिम्बू र मनकी राईलाई बुधवार खैरो हिरोइनसहित पक्राउ गरेको हो ।

सशस्त्रले चेकजाँच गर्दा उनीहरूको साथबाट करिब ४.१० ग्राम खैरो हिरोइन फेला परेको र आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाइसकिएको सशस्त्र प्रहरीका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button