तपाईँ सुन्दै हुनुहुन्छः

जनभावनाअनुसार काम गर्नेछु: मन्त्री झाँक्री

पाल्पा । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफूले पाएको जिम्मेवारीलाई इमानदारीका साथ निभाउन प्रयास गर्ने बताउनुभएको छ । 

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आज आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री झाँक्रीले संविधानको रक्षा गर्दै जनताको भावना र चाहनाअनुसार जिम्मेवारीपूर्वक काम गरेर देखाउने बताउनुभयो । 

अध्यादेशबाट आएको बजेटलाई नै परिमार्जन गरेर वर्तमान सरकारले बजेट ल्याएको उल्लेख गर्दै मन्त्री झाँक्रीले स्थानीय सरकारसँग समन्वय गरेर मन्त्रालयको कामलाई प्रभावकारी बनाइने प्रतिबद्धता जनाउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) की नेत्री समेत रहनुभएकी मन्त्री झाँक्रीले युवाहरूको सहभागितामा देशैभरि पार्टी विस्तारको अभियान चलिरहेको जानकारी दिँदै अघि बढ्नकै लागि राजनीतिक गठबन्धन भइरहेको र पार्टी–पार्टीबिचको गठबन्धनले निरन्तरता पाइरहने बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button