तपाईँ सुन्दै हुनुहुन्छः

कर्तव्य ज्यान मुद्दामा फरार व्यक्ति २० वर्षपछि पक्राउ

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार व्यक्तिलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाका अनुसार अर्जुनचौपारी गाउँपालिका वडा नं. २ का ५२ वर्षीय पोतबहादुर रोकालाई विशेष सूचनाको आधारमा प्रहरीले घरबाटै पक्राउ गरेको हो । 

२०५८ को पुस १७ गते राति १२ बजेको समयमा साबिक अर्जुनचौपारी गा.वि.स. वडा नं. ७ हाल अर्जुनचौपारी २ बस्ने झलक बहादुर रोकालाई कर्तव्य गरी मारेको आरोप लागेका र  वारदात पश्चात् फरार भई भारतमा लुकीछिपी बस्दै आएका पोतबहादुरलाई कार्तिक ३० गते घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट परिचालित प्रहरी अधिकृत सहितको टोलीले निजको घरबाट पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ   । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button