तपाईँ सुन्दै हुनुहुन्छः

झापामा दुई दिनदेखि पेट्रोलको हाहाकार

झापा । झापामा दुई दिनदेखि पेट्रोलको हाहाकार भएको छ । 

भारतले पूर्वी नेपालको चारआली डिपोका लागि पेट्रोल कम पठाउन थालेपछि झापामा पेट्रोल अभाव भएको हो ।

इन्डियन आयल कर्पोरेसनको सिलिगुडी डिपोले नेपालको पूर्वी जिल्लाहरूको माग अनुसार पेट्रोल नपठाइदिएपछि अहिले झापालगायत पूर्वी नेपालका पेट्रोल पम्पहरूले पेट्रोल वितरण गर्न सकिरहेका छैनन् । 

मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अनुसार अहिले झापा, इलाम, पाँचथर तथा ताप्लेजुङका लागि साँढे ७ सय किलो लिटर पेट्रोलको माग छ । तर भारतको सिलिगुडी डिपोले शनिवार डेढ सय किलो लिटर पेट्रोल मात्र नेपाल पठाएको नेपाल आयल निगम चारआली डिपोका प्रमुख भीम विश्वकर्माले बताउनुभयो ।

“भारतबाटै चाहिए जति पेट्रोल नेपाल आएको छैन । हाम्रो च्यानलबाट भारतमा कुरा गर्ने काम भइरहेको छ ।” उहाँले भन्नुभयो । 

दसैँ लागे लगत्तै भारतले पेट्रोल कम पठाउन थालेको मेची पेट्रोलियम डिलर्स एसोसिएसनले जनाएको छ । 
पेट्रोल नहुँदा कतिपय व्यापारीहरूले लुकिछिपी कालोबजारी समेत गर्न थालेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button