तपाईँ सुन्दै हुनुहुन्छः

मूर्ति विसर्जनका क्रममा रुपन्देहीमा एक जनाको मृत्यु


भैरहवा  । रुपन्देहीमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा डुबेर एक जना युवाको मृत्यु भएको छ । 

डुबेर मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर ४ का अन्दाजी २० वर्षीय अनिल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

कोटहीमाई गाउँपालिका वडा नम्बर ५ दानव नदी र तिनाउ नदीको संगमस्थल रहेको दुई मुहानमा मूर्ति विसर्जन गर्न आएका युवाको शव अबेर राती भारतीय गोताखोरले निकालेका थिए । 

सशस्त्र प्रहरी र नेपाल प्रहरीले रातीसम्म शव फेला पार्न नसकेपछि भारतीय गोताखोरको सहयोग लिइएको थियो ।
शव भैरहवा भीम अस्पतालमा ल्याई पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button