तपाईँ सुन्दै हुनुहुन्छः

महिला फुटबल प्रतियोगितामा सर्लाहीद्वारा सिद्ध बाबा युवा क्लब पराजित

बारा । बाराको अमलेखगञ्जमा आयोजना गरिएको प्रथम ऐतिहासिक महिला फुटबल प्रतियोगितामा सर्लाहीद्वारा सिद्ध बाबा युवा क्लब अमलेखगञ्ज २–० ले पराजित भएको छ । 

सिद्ध बाबा युवा क्लब अमलेखगञ्जको आयोजना बाराको अमलेखगञ्जमा आयोजना गरिएको ऐतिहासिक प्रथम महिला फुटबल प्रतियोगिता सर्लाहीले उपाधि हात पारेको हो । 

प्रथम र दोस्रो हुने प्रतियोगीलाई रु ५० र २५ हजार सहित पुरस्कृत गरिएको थियो । क्लबका अध्यक्ष दीपेन्द्र लामाको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा कृष्ण पौडेल, नेकपा एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेल, जितपुर सिमरा उपमहानगरपालिका वडा नं २२ का अध्यक्ष मणिकलाल थिङ, वडा नं.२१ का अध्यक्ष कृष्ण शाही ठकुरी, अमलेखगञ्जका प्रहरी प्रमुख कलाम बहादुर शाही, समाजसेवी टङ्क श्याम्बो, विनोद गुप्ता, ठाकुर आचार्य लगायतले कार्यक्रममा विजेता र उपविजेतालाई बधाई ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button