तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रसङ्घद्वारा मालीको शान्ति सम्झौताको स्वागत

संयुक्त राष्ट्रसङ्घले मालीको शान्ति सम्झौताको स्वागत  गरेको छ । मालीमा यसअघि भएको शान्ति सम्झौता बमोजिम नै यहाँका अधिकारीहरूले थप तयारी गरेका छन् । उक्त सम्झौताप्रति व्यक्त गरेको प्रतिबद्धताको संयुक्त राष्ट्रसङ्घले स्वागत गरेको हो । यहाँका राजनीतिक दलहरूले पनि यस सम्झौता बमोजिम अघि बढ्ने र विद्रोहीहरूलाई यहाँको राष्ट्रिय सेनामा समायोजन गर्ने तयारी गरेका छन् । 

उक्त शान्ति सम्झौता र पछिल्लो समयमा यसबमोजिम गरिएको तयारीको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले स्वागत गर्नुभएको हो । संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले मङ्गलवार सो कुराको जानकारी दिनुभएको हो । 

महासचिव गुटेर्रेसले मालीका राजनीतिक दल, त्यहाँको सरकार र विद्रोही पक्षबाट पनि सो सम्झौताबमोजिम अघि बढ्ने पुनः प्रतिबद्धता आएकाले त्यसको स्वागत गर्नुभएको प्रवक्ता डुजारिकले एक विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । 

मालीको सरकारले त्यहाँका पूर्व लडाकुहरूलाई करिब १३ हजार जनालाई यसै वर्षको अन्त्यसम्ममा सरकारमा पुनर्स्थापना गर्ने र बाँकी १३ हजार जनालाई अर्को वर्षसम्म गर्ने गरी सम्झौता गरेका छन् ।मालीमा विगत लामो समयदेखि हिंसात्मक विद्रोह जारी छ । सो विद्रोहले कैयौँ मानिसको ज्यान पनि गएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button