तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानका केही विस्थापितहरू घर फर्किन थाले

काठमाडौँ । अफगानिस्तानमा तालिबानहरूले सत्ता कब्जा गर्ने क्रममा भएका हिंसाबाट विस्थापित भएका कतिपय नागरिकहरू घर फर्किन थालेका छन् । यस क्रममा सोमबार मात्र अफगानिस्तानको उत्तरी शहर बादखसानका करिब ६०० जना विस्थापित नागरिक घर फर्किएको बताइएको छ । 

ताजकिस्तानको सीमा क्षेत्रमा ती नागरिकहरू विस्थापित भएर बसेका थिए । पछिल्ला दिनहरूमा उनीहरूको घर गाउँमा अवस्था सामान्य बन्दै गएपछि उनीहरू घर फर्किएको बादखसान प्रान्तका गभर्नर माल्भी अमेनुद्दिन मन्सुरले जानकारी दिएका छन् । 

उनका अनुसार अरु पनि सो प्रान्तबाट विस्थापित भएर अफगानिस्तानका विभिन्न भूभागमा पुगेका नागरिकहरूले आफ्नो घर फर्किने तयारी गरिरहेको सूचना प्राप्त भएको छ । गत महिना भएको सत्ता विद्रोहका क्रममा भएका हिंसाका कारण यहाँका हजारौँ नागरिक घर छोडेर भागेका थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button