तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक जारी

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठक केही बेरअघि सुरु भएको छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल र जवाफ दिने कार्यक्रम छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधकै बिच बैठक जारी रहेको हो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने बित्तिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गर्नुभएको थियो ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका शीर्षकका खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिइरहनुभएको छ ।

त्यस्तै ‘विनियोजन विधेयक, २०७८’ पारित गर्ने कार्यसूची पनि छ । अर्थमन्त्री शर्माले उक्त विधेयक प्रस्तुत गर्नुहुनेछ । प्रतिनिधिसभाबाट पारित विनियोजन विधेयक राष्ट्रियसभामा जानेछ । राष्ट्रियसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । राष्ट्रियसभाको बैठक मङ्गलवार बस्दै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button