तपाईँ सुन्दै हुनुहुन्छः

विदेशबाट फर्किएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै सल्यानका युवा

सल्यान । रोजगारीका लागि विदेश गएका धेरै युवाहरू स्वदेश फर्किएर व्यावसायिक तरकारी खेतीमा लागेका छन् । 

स्वदेश फर्किएर धेरै युवा स्वरोजगार मूलक कार्यमा लागेका छन् । 

कपुरकोट गाउँपालिका –३ दमारखोलाका थमन गिरीले १० वर्ष मलेसिया बिताए पनि अहिले आफ्नै गाउँमा व्यावसायिक तरकारी खेती गर्दै आइरहेका छन् । 

२० रोपनीमा व्यावसायिक तरकारी खेती गर्दै आइरहेका गिरीले एकै सिजनमा ७ लाख आम्दानी गर्दै आइरहेका छन् । रोग किराले नसताएको र बजार मूल्य राम्रो भएको समय ८ लाखसम्म आम्दानी हुने गरेको उनको भनाई छ । 

यस्तै शारदा नगरपालिका–६ बरलाका प्रदीप वलीले पनि तरकारी खेतीबाट वार्षिक ४ लाखभन्दा बढी आम्दानी गर्दै आइरहेका छन् । तीन वर्ष खाडी मुलुक बिताएका वलीले विदेशको जति श्रम नेपालमा गर्ने हो भने विदेशको भन्दा नेपालमा धेरै आम्दानी गर्न सकिने बताए ।

विदेशमा सहजै पैसा कमाउन सकिन्छ भनेर धेरै युवा विदेश पलायन भए पनि सोचे जस्तो नभएको कपुरकोट गाउँपालिका –५ रिमका अर्का किसान नङगेन्द्र घर्तीले बताए । 

तीन वर्ष विदेशको अनुभव सँगालेका उनले विदेशमा भन्दा स्वदेशमै सानो काम गर्नु निकै उत्तम भएको बताए । 

१० वटा प्लास्टिक घर र खुला ठाउँ गरी १५ रोपनी बढीमा तरकारी खेती गर्दै आएका उनले विदेशको भन्दा तरकारी खेतीबाट ४ लाख बढी आम्दानी भइरहेको बताए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button