तपाईँ सुन्दै हुनुहुन्छः

सिमरामा तेस्रो भेट्रान कप फुटबल सुरु

बारा । बाराको सिमरामा तेस्रो भेट्रान कप २०७८ आजदेखि सुरु भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ सुरु भएको फुटबल प्रतियोगिता असोज ९ गतेसम्म सञ्चालन हुनेछ । 

प्रतियोगिताको एक कार्यक्रमबिच राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव एवं वरिष्ठ पर्यटन व्यवसायी युवराज लामाले उद्घाटन गर्नुभयो । 

कार्यक्रममा लामाले स्थानीय स्तरमा आयोजना हुने प्रतियोगिताले खेल क्षेत्रसँगै पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने उल्लेख गर्नुभयो । 

चालिस वर्षभन्दा माथिका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा २० वटा भेट्रान टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ५० हजार र उप विजेताले नगद ३० हजार रुपैयाँ पाउनेछन् । 

प्रतियोगिताको प्रायोजकमा आर.एन इन्टरप्राइजेज सिमरा र सह प्रायोजकमा यु आर गोल्ड प्रिमियम मसला चिया रहेको बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button