तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँबाट फरार पाँच प्रतिवादी पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा सजाय पाएका पाँच फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 

सवारी ज्यान, सामाजिक अपराध र सम्बन्ध विच्छेद मुद्दामा अदालतबाट कैद तोकिएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

सवारी ज्यान मुद्दामा आँबुखैरेनी गाउँपालिका–४ भाँगेका २८ वर्षीय चन्द्रसिंह मगर पक्राउ परेका छन् । 

उनलाई जिल्ला अदालत तनहुँले विसं २०७५ असोज १७ गते ११ महिना सात दिन कैद र रु चार हजार जरिवानाको फैसला सुनाएको थियो ।

सवारी ज्यान मुद्दामै शुक्लागण्डकी नगरपालिका–८ का ३१ वर्षीय सुकबहादुर दमै पक्राउ परेका छन् । 

उनलाई जिल्ला अदालतले विसं २०७८ वैशाख ५ गते दुई वर्ष दश महिना नौ दिन कैदको फैसला सुनाएको थियो ।

सामाजिक अपराध मुद्दामा गोरखा पालुङटार नगरपालिका–७ का ३९ वर्षीय विशाल जङ्ग शाही भन्ने जुननारायण विश्वकर्मा पक्राउ परेका छन् । 

उनलाई जिल्ला अदालतले विसं २०७७ फागुन २६ गते एक महिना कैद र रु दुई हजार दुई सय जरिवानाको फैसला सुनाएको थियो ।

यसैगरी सम्बन्ध विच्छेद र सवारी ज्यान मुद्दामै एक÷एक प्रतिवादी पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button