तपाईँ सुन्दै हुनुहुन्छः

चीनबाट खरीद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप आज नेपाल आउँदै

तस्विर : विजय लामा

काठमाडौं । आज सरकारले चीनसँग खरीद गरेको ४४ लाख मात्रा कोभिड १९ विरुद्धको भेरोसेल खोप काठमाडौं आउँदैछ । सरकारले पछिल्लो पटक चीन सरकारसँग खरिद गरेको ६० लाख भेरोसेल खोपमध्ये १६ लाख मात्रा आएको थियो । बाँकि रहेको ४४ लाख डोज खोप आज आउन लागेको हो ।

खोप ल्याउन वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान बिहीबार राती बेइजिङ उडेको थियो ।

खोप आए लगत्तै प्रदेश स्तरमा वितरण गरी तुरुन्तै लगाउन सुरु गरिने सरकारी तयारी छ । अब थप तीन लाख मात्रा खोप नेपाली सेनाका लागि ल्याउने तयारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button