तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं १ को नवौँ तथा हिउँदे अधिवेशन आह्वान

विराटनगर ।  प्रदेश नं १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आउँदो असोज २२ गतेका लागि आह्वान गरिएको छ ।   

प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधान बमोजिम अधिवेशन आह्वान गर्नुभएको हो ।          

यस्तै प्रदेशसभा नियमावली, बमोजिम आउँदो असोज २२ गते दिउसो २ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button