तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा हट्यो निषेधाज्ञा

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लामा जारी निषेधाज्ञा हटाइएको छ ।

बुधवार प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले विज्ञप्ति जारी गर्दै असोज १ गतेदेखि लागू हुनेगरि विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायतका सबै शैक्षिक संस्थाहरू स्थानीय तहसँगको समन्वयमा भौतिक उपस्थितमा पठनपाठन कार्यक्रम सञ्चालन गर्न सकिने जनाउनु भएको छ । 

आदेश अनुसार सबै प्रकारका शैक्षिक संस्था र प्रशिक्षण केन्द्रहरू शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा प्रकाशित कोभिड–१९ सङ्क्रमणको कार्यविधि (शैक्षिक ) संस्था सञ्चालन गर्दा अपनाउनु पर्ने आवश्यक तयारी अनुसार स्थानीय तहसँगको समन्वयमा पठनपाठन सञ्चालन गर्न अनुमति दिइएको छ ।

यस्तै, नाचघर, क्लब, डान्सबार दोहोरी साँझ जस्ता रात्रिकालीन व्यवसायहरू पनि तोकिएको मापदण्ड पालना गरी राति १ः३० बजेसम्म सञ्चालन गर्न पाइनेछ । यद्यपि सङ्क्रमणको दर बढ्दै गएमा जुनसुकै समयमा थप आदेश जारी हुने पनि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोभिड–१९ संक्रमण बढेपछि जारी निषेधाज्ञा हटेसँगै रात्रिकालीन व्यवसायहरू नाचघर, क्लब,डान्सबार, दोहोरी स्वास्थ्य मापदण्ड पालना गरी राति १ः३० सम्म सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ । भने होटल तथा रेष्टूरेण्टहरु राती ११:३० सम्म सञ्चालन गर्न सकिने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button