तपाईँ सुन्दै हुनुहुन्छः

थप १ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि

File photo

काठमाडौँ । आज नेपालमा थप १ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

१२ हजार ५ सय २४ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार ३ सय ३२ जना तथा ४ हजार ३ सय २० वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ सय २८ जना गरी जम्मा १ हजार ७ सय ६० जनामा  संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिनुभयो ।  

यता काठमाडौँ उपत्यकामा ४ सय ९५ जना कोरोना संक्रमित थपिएका छन् । जसमा भक्तपुरमा ६३, ललितपुरमा ७२ र काठमाडौँमा ३ सय ६० जना गरी ४ सय ९५ जना संक्रमित थपिएको प्रवक्ता डा. पौडेलले जानकारी दिनुभयो । 

गएको २४ घण्टामा १ हजार २ सय २० जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । 

आज कोरोना सङ्क्रमणबाट ७ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ९ सय ९१ जना पुगेको छ । 

देशभरका ११ वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । 

यस्तै देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा २६ हजार ३ सय ३ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । 

जसमा ४ सय ७ जनाले आइसियु र १ सय २९ जनाले भेन्टिलेटरमा उपचार गराइरहेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button