तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरमा गणेश चतुर्थी सुरु, महोत्सव २९ गतेसम्म मनाइने

बारा । हिन्दु धर्मावलम्बीहरुले मनाउने गणेश चतुर्थीको शुभ अवसरमा बारा, पर्साको विभिन्न स्थानमा धूमधामका साथ शुक्रवारदेखि ५ दिन सम्मका लागि श्री गणेश भगवानको भव्य पूजाको आयोजना गरिएको छ ।


बाराको जीतपुर र वीरगन्जको घरियर्वा पोखरीमा शोभा यात्रा निकालेर भव्य रुपमा गणेश चतुर्थी पूजाको आयोजना गरिएको हो । 


विगत एक दशक देखि आयोजना गरिए झैँ यस वर्ष पनि श्री सिद्धि विनायक पूजा समिति जीतपुर, बाराको आयोजनामा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर स्थित गौशालाको फिल्डमा ५ दिन सम्मका लागि गणेश भगवानको पूजा अर्चना सुरु भएको हो । 


एक कार्यक्रमका बीच जीतपुरका वरिष्ठ समाजसेवी परशुराम गिरीले गणेश भगवानको प्रतिमाको मुख खोलेर उद्घाटन गर्नुभएको थियो । 


कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख सरस्वती देवी चौधरीले भागदौडकोे जिन्दगीमा आत्मा शान्तिको लागि पुजापाठ अति आवश्यक रहेको कुरामा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button