तपाईँ सुन्दै हुनुहुन्छः

एक्सपर्ट फाउन्डेसनद्वारा मेलम्ची बाढी प्रभावितलाई १० लाख सहयोग

सिन्धुपाल्चोक । एक्सपर्ट एजुकेसन तथा भिजा सर्भिस अन्तर्गत एक्सपर्ट फाउन्डेसनले मेलम्ची बाढी प्रभावितलाई रु १० लाख सहयोग गरेको छ ।  

अस्ट्रेलियाका विभिन्न राज्यहरूमा रहेका विभिन्न शाखामा कार्यरत कर्मचारीहरूले स्वेच्छाले बाढी प्रभावितका लागि सहयोग गर्नुभएको थियो । सङ्कलित रकमलाई दोब्बर बनाएर एक्सपर्ट फाउन्डेसनले रु १० लाख बनाई सहयोगको लागी रकम पठाएको फाउन्डेसनका अध्यक्ष रोशन कँडेलले जानकारी दिनुभयो । 

सहयोगको लागि सम्पुर्ण शाखा र एक्सपर्ट फाउन्डेसन बीचको समन्वय एक्सपर्टका ग्रुपका जनरल म्यानेजर मन्जित घिमिरे  र मेलबर्न शाखाका डाइरेक्टर सरोज शर्माले गर्नुभएको थियो । एक्सपर्ट एजुकेसनको संसार भर चालिस भन्दा धेरै शाखा रहेको छ ।

अस्ट्रेलिया मेलबर्न बस्ने  संस्थाका सदस्य नीराजन दुलालको विशेष पहलमा एक्सपर्ट फाउन्डेसन मार्फत मेलम्ची बाढी पीडितहरूका लागि प्राप्त रु. १० लाख सहयोगमध्ये मेलम्ची नगर पालिकालाई  रु. ३ लाख, मेलम्ची बाढी संरक्षण तथा सरोकार समितिलाई रु. २ लाख, सिमखेत फट्टे बाढी संरक्षण समितिलाई रु. १ लाख २५ हजार, बाढीबाट पूर्ण क्षति भई विस्थापित २३ घरपरिवारलाई जनही १५ हजारको दरले रु. ३ लाख ४५ हजार र  रेडियो मेलम्चीलाई रु. ३० हजार रकम आज मेलम्चीमा एक कार्यक्रमकाबीच मेलम्चीका नगर प्रमुख डम्बर अर्याल तथा अन्य सम्बन्धित समिति तथा संस्थाका प्रतिनिधिहरूलाई संस्थाका प्रतिनिधि देवी प्रसाद लम्साल , विकाश ज्ञवाली, रोशन कँडेल तथा सदस्य नीराजन दुलालका बुबा नवराज दुलालले  हस्तान्तरण गर्नु भएको समाजसेवी सी पी दुलालले जानकारी दिनुभयो ।

एक्सपर्टले व्यवसायमा मात्र नभई सामाजिक परोपकारमा पनि निरन्तर सहयोग पुर्याउदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button