तपाईँ सुन्दै हुनुहुन्छः

थप ३ हजार ९ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि

File Photo

काठमाडौँ । कोरोना भाइरसबाट आज देशभर थप ३ हजार ९ सय ३८ जना सङ्क्रमित भएका छन् । 

११ हजार ८ सय ७० वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा ३ हजार ७ जना तथा ६ हजार ५ सय ३८ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ सय ३१ जना गरी जम्मा ३ हजार ९ सय ३८ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

देशभरबाट गएको २४ घण्टामा २ हजार १२ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । 

योसँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट ६ लाख ६३ हजार ६ सय ६३ जना निको भएको मन्त्रालयले जनाएको छ ।

आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९३ दशमलव ७ प्रतिशत रहेको छ । 

देशभरि आज कोरोना सङ्क्रमणबाट ३७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ९ सय ९४ पुगेको छ । 

देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ३४ हजार ४ सय २२ जना सक्रिय सङ्क्रमितले उपचार गराई रहको मन्त्रालयले जनाएको छ । 

जसमा ७ सय १३ जनाले आइसियु र १ सय ५८ जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् । 

सरकारले कोरोना सङ्क्रमणको महामारीलाई नियन्त्रण गर्न जारी राखेको खोप कार्यक्रममा गत २४ घण्टाभित्र १ लाख १७ हजार ७ सय ७९ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

अहिलेसम्मको तथ्याङ्कमा ४३ लाख ५९ हजार २ सय ७७ जनाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने २१ लाख ३० हजार ९ सय जनाले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । 

No photo description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button