तपाईँ सुन्दै हुनुहुन्छः

साउन १६ को बाढीले मेलम्ची–६ का १८ परिवार विस्थापित

file photo

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले ३४ घरपरिवार विस्थापित भएका छन् । 


गत असार १ मा आएको बाढीले मेलम्ची नगरपालिका वडा नं ६ का सात परिवार र यही साउन १६ मा आएको बाढीले १८ परिवार गरी ३४ परिवार विस्थापित भएका हुन् । 


बाढीका कारण अन्य ३० परिवारभन्दा बढी उच्च जोखिममा रहेका वडा नम्बर ६ वडाध्यक्ष जीतराज थापाले जानकारी दिनुभयो । 
मेलम्ची नदीले निरन्तर जमिन कटान गरी घर ढाल्न थालेपछि पीडितहरू घर खाली गरेर आफन्तकोमा आश्रय लिएर बसेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button