तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा पहिलो चरणको खोप अभियान सुरु

file photo

बैतडी । कोरोना विरुद्धको भेरोसेल खोप अभियान अन्तर्गत आज देखि बैतडी जिल्लामा पहिलो चरणको खोप अभियान सुरु भएको छ ।


जस अन्तर्गत आज र भोलि पाटन नगरपालिका, डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा खोप अभियान सुरु गरिएको हो ।


त्यसै गरी साउन १९ र २० गते पुर्चौडी नगरपालिका र शिगास गाउँपालिका तथा २० र २१ गते दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, सुर्नया गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा खोप अभियान सुरु गरिने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । 


मित्र राष्ट्र चीनबाट प्राप्त भेरोसेल खोप अभियान अन्तर्गत प्राध्यापक, शिक्षक, सवारी चालक, सहचालक, अग्रपंक्तिमा खटिने छुटेका व्यक्तिहरू र ५० वर्ष नाघेका व्यक्तिहरूलाई यो खोप दिन लागिएको बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button