तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोक बाढी अपडेट : २० वटा घर टहरा बगाए (फोटो फिचर)


सिन्धुपाल्चोक । शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका २० घर टहरा बगाएको छ । 

पक्की र कच्ची गरी २० वटा घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घरहरू गए रातिको बाढीले बगाएको हो । 

त्यस्तै, बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीय हस्त पण्डितले दिनुभएको जानकारी अनुसार ७ः४५बजे पुल बगाएको हो ।  मेलम्ची ७ र ८ पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पको रुपमा रहेको उक्त पुल बगाएसँगै अब रातोपुलमार्फत हुने गरेका सवारी आवतजावत बन्द भएको छ ।

त्यसैगरी, ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बाढीले बगाएको छ भने बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ ।

अब मेलम्ची बजारदेखि माथि कुनै पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिनुभयो । खोलामा लेदोसहितको बाढी आएको र बाढी घट्ने, बढ्ने भइरहेको उहाँले  बताउनुभयो  । 

हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा मेलम्चीबाट हेलम्बु सवारी साधन जान नसकेको मेलम्ची नगरपालिकाका नगरप्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button