तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश सरकारद्वारा गत आवमा गरेका कामको समीक्षा

रुपन्देही ।  लुम्बिनी प्रदेश सरकारले गत आवमा गरेका कामका बारेमा तीन दिने समीक्षा गरेको छ । 

समीक्षा समापनमा मुख्यमन्त्री शङ्कर पोखरेलले पुँजीगत खर्च गर्ने क्षमता बढेसँगै कामको दिगोपना र अनुगमनको पाटोलाई व्यवस्थित गर्न निर्देशन दिनुभएको छ ।

“पुँजीगत खर्च गर्ने क्षमता बढ्यो, अब यसैलाई मात्रै सफलता मान्न हुन्न ।  खर्च गरेको कामको उपलब्धि र प्रतिफल राम्रो गराउन ध्यान दिनुपर्छ, त्यसका लागि अनुगमनलाई व्यवस्थित गर्नुपर्छ ”, उहाँले भन्नुभयो । 

उहाँले कठिन समयमा पनि पुँजीगत खर्च झण्डै शतप्रतिशतकै हाराहारीमा गर्न मिहिनेत गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

मुख्यमन्त्री पोखरेलले जनशक्ति अभावले विकास आयोजना प्रभावित हुन नदिन विशेष ध्यान दिन मन्त्रालयहरूलाई निर्देशन समेत दिनुभयो । 

“रिक्त दरबन्दी पदपूर्ति लोकसेवा आयोगमार्फत गरौँ, त्यहाँबाट सम्भव नहुने अवस्थामा केन्द्र सरकारबाट काजमा माग गरौँ, त्यसो गर्दा पनि सम्भव नभए सेवा करारबाट पूर्ति गरेर काम गरौँ” उहाँले भन्नुभयो ।

प्रदेश सरकारका मन्त्रालयहरूले गत आवमा गरेका काम र खर्चको अवस्था र चालु आवको लागि कार्य योजना प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button