तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवालाई कोरियाली राष्ट्रपतिको बधाई

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा गणतन्त्र कोरियाका राष्ट्रपति मुन जे इनले हार्दिक बधाई ज्ञापन गर्दै उहाँको कार्यकालको सफलताको कामना गर्नुभएको छ ।


परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका प्रधानमन्त्री देउवालाई राष्ट्रपति मुनले पठाउनुभएको बधाई सन्देश नेपालका लागि कोरियाका राजदूत पार्क चोङ सुकले आज हस्तान्तरण गर्नुभयो । 


बधाई सन्देशका निम्ति कोरियाली राष्ट्रपतिमा आभार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपाल र कोरियाबिचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउन राष्ट्रपति मुनसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button