तपाईँ सुन्दै हुनुहुन्छः

छ वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु

सप्तरी । सप्तरीमा छ वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । 


मृत्यु हुनेमा जिल्लाको रुपनी गाउँपालिका वडा नम्बर १ नकटीरायपुरका अवधि राम यादवका ६ वर्षीय छोरा युवराज कुमार यादव रहेका छन् ।


शुक्रवार घर नजिकैको पोखरीमा खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका युवराजलाई उपचारको लागि अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button