तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषधसहित एक जना भारतीय नागरिक पक्राउ

टीकापुर कैलाली । कैलालीबाट लागु औषध खैरो हेरोइनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखिमपुर खिरी जिल्ला गंगानगर ग्राम पञ्च्यात रणनगरका २५ वर्षीय जितेन्द्र सिंह रहेका छन् । 

उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय भजनीको संयुक्त टोलीले भजनी नगरपालिका वडा नम्बर ५ कौवाखेडा घाटबाट बिहीबार साँझ १२ ग्राम ६३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।  

पक्राउ परेका सिंहमाथि लागु औषध खैरो हेरोइन शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button