तपाईँ सुन्दै हुनुहुन्छः

सुरक्षा निकाय र पत्रकारलाई आइसोलेसन किट वितरण

डडेलधुरा । जिल्लाको सुरक्षा निकाय र पत्रकारहरूलाई ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)ले आज आइसोलेसन किट उपलब्ध गराएको छ । 

तेस्रो कोरोनाको भेरियन्टको महामारी देखिरहेका बेला रुुडुकले कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन आइसोलेसन किट उपलब्ध गराएको हो  ।  

रुडुक डडेलधुराले जिल्ला प्रशासन कार्यालय, नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल  र नेपाल पत्रकार महासङ्घ डडेलधुरालाई थर्मगन, अक्सोमिटर, मास्क र सेनिटाईजर उपलब्ध गराएको छ ।

कोरोना भाईरस सङ्क्रमणको पहिलो चरणबाट समुदायमा सचेतिकरणसँगै स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको रुडुक डडेल्धुराकी कार्यकारी निर्देशक सरस्वती खडकाले जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बजारमा मास्कको प्रयोग नगर्नेहरू बढेकाले सबैले अनि अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्ने बताउनुभयो । 

प्रजिअ घिमिरेले सबै स्थानीय तहहरूमा १० शय्याको आइसोलेसन अनिवार्य रुपमा स्थापना गर्ने निर्णय भएको पनि जनकारी दिनुभयो । 

 कोरोनाका तेस्रो लहर चल्न सक्ने अनुमान विज्ञहरूले गरेकाले सतर्क रहन सबैलाई आग्रह समेत गर्नुभएको छ । 

डडेलधुराका सात वटै स्थानीय तहमा गरी ६ सय ८० थान सेनिटाईटजर, ५० थान पिपिई, ४५ सय मास्क, सय थान ग्लोब्ज, अक्सोमिटर र थर्मल गन २०÷२० वटा, १ सय ३० थान आइसोलेसन किट र ७० वटा ब्ल्यांकेट, तकिया, तन्ना वितरण गर्ने कार्यक्रम रहेको रुडुक कार्यकारी निर्देशक सरस्वती खड्काले जानकारी दिनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button