तपाईँ सुन्दै हुनुहुन्छः

खेत जोत्ने क्रममा ट्याक्टर पल्टिएर एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिएर एक जनाको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिकामा धान रोप्नका लागि खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ट्याक्टर चालकको घटना स्थलमा नै मृत्यु भएको हो । 


खेत जोतिरहेको ट्याक्टर पल्टिएर दुर्घटना हुँदा ट्याक्टरले थिचिएर चालक बकैया गाउँपालिका–३ का २२ वर्षीय बुद्ध भोलनको मृत्यु भएको प्रहरीले जनाएको छ । 


यस्तै, खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा मकवानपुरमा एक बालकको मृत्यु भएको छ । 


मकवानपुरको बागमती गाउँपालिका–८ शान्तिपुरका १० वर्षीय सागर सारुको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 
मङ्गलवार दिउँसो घर नजिकैको खोलाको बगरमा भएको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । 


बालकको मृत्यु भएपछि स्थानीयहरूले बुधवार कालिका कन्स्ट्रक्सन प्रा.लि.मा तोडफोड गर्नुका साथै एउटा सवारीमा आगजनी समेत गरेका छन् । कन्स्ट्रक्सन कम्पनीले जथाभाबी रुपमा खाल्डो खनेर छाडेका कारण सोही खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको भन्दै स्थानीयहरूले कालिका कन्स्ट्रक्सन प्रा.लिको बोलेरो गाडीमा आगजनी गरेका हुन् । 


आगजनी र तोडफोडमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button