तपाईँ सुन्दै हुनुहुन्छः

चीनको हेनान प्रान्तमा बाढी, ७३ व्यक्तिको मृत्यु

काठमाडौँ । चीनको हेनान प्रान्तमा अत्यधिक वर्षापछिको बाढी तथा डुबानका कारण कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको छ ।


आज दिउँसोसम्म बाढी तथा डुबानका कारण कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको त्यहाँको प्रान्तीय सङ्कटकालीन व्यवस्थापन विभागले जनाएको छ । 


गत जुलाई १६ बाट सुरु भएको वर्षाका कारण १५० जिल्लाका एक करोड ३६ लाख व्यक्ति प्रभावित भएका र भीषण वर्षापछिको बाढीका कारण १४ लाख ७० हजार व्यक्तिलाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको पनि विभागले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button