२०७८ साल असोज २ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

जसपाबाट मन्त्रीको टुङ्गो लगाउने जिम्मा शीर्ष नेतालाई

रेडियो नेपाल २०७८ साउन १३ गते १९:१३
file photo

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मेवारी पार्टीका ३ जना शीर्ष नेतालाई दिएको छ ।


ललितपुरको बालकुमारीमा बसेको बैठकले पार्टीको सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, कार्यकारी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मेवारी दिएको जसपाका नेता मृगेन्द्रकुमार सिंह यादवले जानकारी दिनुभयो । 


बैठकले मन्त्री छनौट गर्दा सबै वर्ग क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी चयन गर्ने मापदण्ड समेत बनाएको नेता यादवले बताउनुभयो ।

 
कार्यकारिणी समितिको अर्को बैठक भोलि बिहान ११ बजे पुनः बस्ने र पार्टी सङ्गठनका विभिन्न विषयमा छलफल हुने जसपाले जनाएको छ । 

सम्बन्धित