तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा सवारी दुर्घटना एक जनाको मृत्यु

पोखरा।  कास्कीको धितालमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं ४ रामकृष्ण टोलका वर्ष ४५ का अर्जुन कुमार श्रेष्ठको मृत्यु भएको हो ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ६ धितालको तल्लो फेदीस्थित पोखरा बागलुङ राजमार्गमा सो दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ । पोखराबाट बागलुङतर्फ जाँदै गरेको लु२च २७२५ नं. को बोलेरो जिप र पोखरातर्फ आउँदै गरेको ग१२प ५९८६ नम्बरको मोटरसाइकल एक आपसमा टोकिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि पोखराको फिस्टेल अस्पताल लादै गर्दा उनलाई चिकित्सकले तत्कालै मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । दुर्घटना पछि प्रहरीले जिप र चालकका साथै मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको डिएसपी हमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button