तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा लागुऔषध कारोबारस्थलमै प्रहरीको छापा

राँझा। भारतीय नागरिकले नेपालगन्जमा कोठा भाडामा लिएर गर्दै आएको लागुऔषको कारोबार स्थलमा बाँके प्रहरीले छापा मारेको छ । नेपालगन्ज उपमहानगरपालिका¬१२ कोरियनपुरमा गए राति दुई भारतीय नागरिकसहित तीन व्यक्तिलाई ४३ ग्राम खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेपछि नेपालगन्जमा भाडामा कोठा लिएर अवैध लागुऔषधको ठूलो कारोबार हुँदै आएको तथ्य फेला परेको हो ।

लागुऔषध ब्यूरो नेपालगन्जले प्राप्त गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रवार राति नेपालगन्ज–१२ कोरियनपुरस्थित तीनतले घरबाट भारतको बहराइच जिल्ला कोतवाली नानपारा बाइपासका २८ वर्षीय सलमान खान, भारत लखनऊ कोतवाली घर भएका २८ वर्षीय मुस्तकिम र नेपालगन्ज–११ टाँगास्टेशन निवासी २१ वर्षीय आजाद कबडियालाई सो ब्राउन सुगरसहित नियन्त्रणमा लिएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार छापा मार्दा कोठाबाट लागुऔषध तौल गर्ने डिजिटल तराजुसमेत बरामद भएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button