तपाईँ सुन्दै हुनुहुन्छः

विकट बस्तीमा प्रसूति सेवा सञ्चालन : हट्यो भारत जानु पर्ने बाध्यता

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ ब्रह्मदेवमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । 

चौबिसै घण्टा दिने बर्थिङ सेन्टर सञ्चालन आएसँगै  स्थानीयवासी प्रसूति सेवाका लागि भारतका अस्पताल जानुपर्ने बाध्यता हटेको छ ।

गाउँमै बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिलालाई सुरक्षित रुपमा प्रसूति हुनका लागि सहज भएको स्थानीयवासीको भनाई छ । प्रसूति सेवाका लागि नगरपालिकाले औषधी, आवश्यक औजार र उपकरणसहित दक्ष जनशक्तिको सहितको व्यवस्था मिलाएको हो । 

विगतका दिनहरूमा गाउँमा बर्थिङ सेन्टर नहुँदा प्रसूति हुने महिलालाई घरपरिवारले साइकल र मोटरसाइकलमा बोकेर भारतीय निकटवर्ती जनकपुरस्थित अस्पतालमा पु¥याउँदै आएका थिए । भारत जाँदा सीमा क्षेत्रमा एस.एस.पिले दुःख दिने, अस्पतालमा चर्को शुल्क लिने गरेको स्थानीयबासीहरु बताएका छन् । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै अब ती सबै सधैका लागि समाधान हुनपुगेकोे स्थानीयले बताए । 

नगर प्रमुख सुरेन्द्र विष्टले बर्थिङ सेन्टरबाट खल्लामछेट्टी, टुँडिखेल, सन्तनगर, ब्रह्मदेव, तिलकेनीसहितका बासिन्दाले सहज रुपमा सेवा पाउने बताउनु भयो  । सीमावर्ती क्षेत्रका बासिन्दाले विगतमा भारतका अस्पतालमा प्रसूति सेवा लिनका लागि जानु पर्ने बाध्यता हटेको र अब भारतीय छिमेकी शहर टनकपुरका बासिन्दाले समेत बर्थिङ सेन्टरबाट लाभ लिन सक्ने उहाँले बताउनु भयो । बर्थिङ सेन्टर सञ्चालनसँगै दुर्गम क्षेत्रका जनताको स्वास्थ्य सेवामा पहुँच बढेको नगरप्रमुख विष्टले बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button