तपाईँ सुन्दै हुनुहुन्छः

विश्वभर तीन अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज खोप लगाइयो

बाल्टिमोर,मेरील्याण्ड। विश्वभर तीन अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा एक अर्व ४७ करोड ९५ लाख २ हजार ८२९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४१ करोड ७८ लाख ५१ हजार १५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

अमेरिकामा ३३ करोड ८० लाख २५ हजार ९५० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ८९ लाख ५३ हजार ५३७ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ । जर्मनी ८ करोड ७१ लाख २१ हजार १२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । बेलायतमा ८ करोड ३४ लाख ९२ हजार ८३८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

जापान ७ करोड ३९ लाख ७० हजार ८८८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ५७ लाख ४१ हजार ५५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । टर्कीमा ६ करोड ४० लाख ५० हजार २२९ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली ६ करोड ३१ लाख २३ हजार ४५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button