तपाईँ सुन्दै हुनुहुन्छः

घाँस काट्ने क्रममा लडेर एकको मृत्यु

file photo

बागलुङ । बागलुङ जिल्ला काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

काठेखोला गाउँपालिका वडा नम्बर ५ का स्थानीय इन्द्रबहादुर पुनको भिरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मङ्गलवार बिहान ९ बजेतिर समयमा काट्दै गर्दा भिरबाट लडेका पुनलाई सुनापोखरीका स्थानीयले देखेपछि उद्धार गर्दागर्दै उहाँको मृत्यु भएको स्थानीय भरत सापकोटाले जानकारी दिनुभयो ।

घटनाबारे जानकारी आएपछि प्रहरी टोली घटना स्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख कृष्ण बहादुर पल्ली मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button