तपाईँ सुन्दै हुनुहुन्छः

सखुवा प्रसौनीबाट हतियारसहित १ जना पक्राउ

वीरगञ्ज ।  अवैध हतियारसहित एक वृद्धलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । 


विशेष सूचनाको आधारमा प्रहरी चौकी महुवनबाट खटिएको प्रहरीले पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवन बस्ने ६० वर्षीय रामबाबु प्रसाद कलवारलाई पक्राउ गरेको हो । 


कलवारको घर खानतलासी गर्ने क्रममा सुत्ने कोठाभित्र लुकाई छिपाई राखिएको १ थान एअर गण फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । 


पक्राउ परेका कलवारविरुद्ध हातहतियार सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button