तपाईँ सुन्दै हुनुहुन्छः

आज साउनको पहिलो सोमबार,शिवालयहरुमा भक्तजनकाे भीड(फोटो फिचर)

काठमाडौं। आज पहिलो साउने सोमबार, देशका शिवालयहरुमा भक्तहरूको भीड लागेको छ । हिन्दू धर्मशास्त्रमा साउन महिनालाई शिवको अत्यन्त प्रिय महिना रुपमा लिइन्छ ।

साउन महिनाको धार्मिक रुपमा निकै महत्व छ । त्यसमाथि साउने सोमबारको झनै ठूलो महत्व हुने गरेको छ । यस दिन विवाहित र अविवाहित महिला भगवान् शिवको पूजा आराधना गरी ब्रत बस्ने गर्दछन् ।

शिवालयमा पुगेर बेलपत्र, धतुरो, दूध, मौसमी फूलहरू, पञ्चामृत लगायतका द्रव्यले शिवको पूजा गर्ने प्रचलन छ । शिवभक्तहरू यस समयमा घरघरमा रुद्री लगाउने गर्छन् र सकेसम्म विभिन्न शिवालयमा दर्शनार्थ जाने गर्छन् ।

साउन महिना शुरु भएदेखि नै हातमा मेहन्दी र हरियो चुरा लगाउन, रातो–पहेंलो र हरियो साडी पोते लगाउन पसलहरुमा निकै भीड देखिन्छ ।

यसपटक साउन महिनामा पाँच वटा सोमबार परेको छ । साउनमा पाँच वटा सोमबार पर्नुलाई झन् शुभ मानिने पण्डितहरु बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button