तपाईँ सुन्दै हुनुहुन्छः

न्युरो टिप्न गएका वृद्धको गैँडाको आक्रमणबाट मृत्यु

चितवन । न्युरो टिप्न गएका एक वृद्धको गैँडाको आक्रमणबाट मृत्यु भएको छ । 


रत्ननगर नगरपालिका वडा नम्बर ११ सितल टोल बस्ने ७५ अन्दाजी ७५ वर्षीय रोहीका कुमालको उपचारका क्रममा मृत्यु भएको हो । 


जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार सोही वडाको पञ्चकन्या सामुदायिक वनमा उनलाई  दिउसो २ बजेर ४० मिनेटको सममयमा गैँडाले आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएका कुमालको उपचारको क्रममा अपराह्न पौने ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button