तपाईँ सुन्दै हुनुहुन्छः

आज एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आज बिहान ११ बजे ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बोलाइएको छ ।
आजै दिउँसो तीन बजे संसद् भवनको ल्होत्से हलमा एमाले संसदीय दलको बैठकसमेत बस्ने छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा आजको दुवै बैठकमा पार्टीको असन्तुष्ट माधव नेपाल पक्षका नेताहरूलाई पनि बोलाइएको एमाले कार्यालय सचिव सेरबहादुर तामाङले बताउनुभएको छ । दुवै बैठकमा नेपाल पक्षका नेताहरू जाने कि नजाने भन्ने निधो भइसकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button