तपाईँ सुन्दै हुनुहुन्छः

बालकोटस्थित आफ्नै निवास फकर्नुभयो निवर्तमान प्रधानमन्त्री ओली

काठमाडौँ ।निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास छाडेर बालकोटस्थित आफ्नो निवास फकर्नुभएको छ ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापनाको निर्णय गर्दै प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएको थियो ।

नवनियुक्त प्रधानमन्त्री देउवाले मङ्गलवार प्रधानमन्त्रीका रुपमा शपथग्रहण गर्नुभएपछि आज निवर्तमान प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नुभएको हो । उहाँलाई पार्टी निकट सङ्गठन र उहाँका समर्थकले नारा–जुलुससहित बालकोटसम्म पछ्याएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button