तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी सरकारले दिएको कोभिड-१९ विरुद्धकाे खोप प्रधानमन्त्रीलाई हस्तान्तरण(फाेटाे फिचर)

काठमाडौं । अमेरिकी सरकारले कोभिड–१९ विरुद्ध १५ लाख मात्रा खोप सहयोगस्वरुप आज नेपाललाई हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीले आजै यहाँ आइपुगेको जोन्सन एण्ड जोन्सन खोप हस्तान्तरण गर्नुभयो ।

कतार एयरवेजको नियमित उडानमार्फत् जोनसन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० मात्रा खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको थियो । उक्त खोप प्राथमिकताको आधारमा जोखिम समूहका व्यक्तिहरूलाई तथा ५०–५४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button