तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुरका ३९ जना विद्यार्थीलाई मेयर प्राविधिक शिक्षा छात्रवृत्ति वितरण

टीकापुर कैलाली । टीकापुर नगरपालिकाले ३९ जना विद्यार्थीलाई आज मेयर प्राविधिक शिक्षा छात्रवृत्ति प्रदान गरेको छ । 

कर्णाली मावि टीकापुर र टीकापुर पोलिटेक्निक इन्ष्टिच्यूटमा प्राविधिक शिक्षा पढिरहेका ३९ जना विद्यार्थीहरूलाई जनही २५ हजारका दरले छात्रवृत्ति प्रदान गरेको हो । 

छात्रवृत्ति पाउनेमा टीकापुर नगरपालिका भित्र स्थायी बसोबास भएका कर्णाली मावि टीकापुरमा अध्ययनरत २० जना र टीकापुर पोलिटेक्निक इन्ष्टिच्यूटमा अध्ययनरत १९ जना विद्यार्थी रहेका छन् । 
टीकापुर नगरपालिकाको मेयर प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत उनीहरूलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

मेयर प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमका लागि चालु आर्थिक वर्षका लागि टीकापुर नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यही बजेटबाट प्रत्येक विद्यार्थीलाई जनही २५ हजार रुपैयाँका दरले ९ लाख ७५ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरिएको टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख दमनसिंह चौधरीले जानकारी दिनुभयो । 

छात्रवृत्ति वितरण गर्दै टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र बहादुर रावलले प्राविधिक शिक्षा आर्जन गर्न चाहने विद्यार्थीका लागि नगरपालिकाले छात्रवृत्ति सुरुवात गरेको बताउँदै  यसलाई सही सदुपयोग गर्न अभिभावक तथा विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button