तपाईँ सुन्दै हुनुहुन्छः

महिलालाई कम्बोडिया पु-याएर बिक्री

काठमाडौँ। फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पु¥याएर बिक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्सट्रक्शन तथा व्यापारको काममा रु एक लाख मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा बेचबिखन गरिएको प्रहरीले आरोप लगाएको छ ।

उनले पीडितसँग रु चार लाख ५० हजार लिई काठमाडौँबाट काँकडभिट्टाबाट भारतको आसाम, नागाल्याण्ड, ग्वाटी हुँदै मनिपुर पु¥याएका थिए । त्यसपछि पैदलै म्यान्माको नाकाबाट थाइल्याण्ड प्रवेश गराई कम्बोडिया पु¥याएको खुल्न आएको प्रहरीको मानव बेचबिखन ब्युरोले जनाएको छ ।

उनीहरूले चिनियाँ नागरिकलाई खाना पकाउने र घर सफा गर्ने भनी झुकाएर यौन शोषण गर्ने गरी बेचबिखन गरेको भन्ने पीडितको जाहेरीका आधारमा ब्युरोले फरार रहेका उनलाई पक्राउ गरेको हो । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसारको मुद्दामा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button