तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा सार्वजनिक सवारी साधनहरू आजबाट सञ्चालन

सप्तरी। बन्द रहेका सार्वजनिक सवारी साधनहरू सप्तरीमा आजबाट सञ्चालनमा आएका छन् । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकबाट सो निर्णय गरिएको हो ।

जिल्लामा कोभिडको संक्रमण दर घट्दो देखिएकाले केही दिनअघि मात्रै निषेधाज्ञा खुकुलो गरी भिडभाड नहुने गरी सबै सरकारी र सार्वजनिक संस्थानहरू सञ्चालनमा ल्याइएको छ भने आज शुक्रवारबाट सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सवारी सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाको पूर्व पालना गर्न सूचनामा भनिएको छ । जिल्लाभित्र चल्ने सार्वजनिक सवारीका साधन बस, माइक्रो, भ्यान, अटो लगायत भाडामा सञ्चालन हुने सवारी साधन र निजी सवारी साधन स्वास्थ्य सुरक्षाको पूर्व पालना गर्ने गराउने गरी सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै जिल्लामा बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म खाद्यान्न, स्टेशनरी तथा निर्माण सामाग्री लगायतका पसलहरू र होटेल तथा रेष्टुरेन्टबाट हुने टेक–वे सेवा पनि खुला रहने निर्णय गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button