तपाईँ सुन्दै हुनुहुन्छः

झापाको दमकबाट लागु औषधसहित चार जना पक्राउ

झापा । झापाको दमकबाट लागु औषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका–५ का विवेक लिम्बु, सौरभ राई र चुलाचुली गाउँपालिका ४ इलामका इलामका विक्रम राई र खगेन्द्र सावाँ लिम्बु रहेको प्रहरीले जनाएको छ ।

आज इलाका प्रहरी कार्यालय दमकको टोलीले दमक–६ थाना रोडमा शङ्कास्पद अवस्थामा हिँडिरहेका २६ वर्षीय विवेक र २२ वर्षीय सौरभलाई खानतलासी गर्दा लागूपदार्थ जस्तो देखिने लेसाइलो बस्तु प्लास्टिक बाहेक २ ग्राम फेला पारेको थियो ।उनीहरूलाई सोधपुछको क्रममा आफूहरूले उक्त ब्राउन सुगर चुलाचुली–४ घर भई हाल दमक–५ बस्ने ३१ वर्षीय विक्रम राई र ३७ वर्षीय जेम्स भनिने खगेन्द्र सावाँ लिम्बुबाट खरिद गरेको भन्ने बयानको आधारमा निजहरूको कोठा खानतलासी गर्दा ५ लाख १४ हजार ३०० नगद समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।

प्रहरीले चुलाचुलीस्थित विक्रमको घरबाट ५ ग्राम र खगेन्द्रको घरबाट २.३ ग्राम लागूपदार्थ समेत गरी ९.३ ग्राम लागूपदार्थ र ३ थान मोबाइल सेट बरामद गरेको छ । पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button