तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर तीन जनाको मृत्यु, ५ घाइते

वीरगञ्ज । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा आज बिहान वर्षासँगै परेको चट्याङको कारण तीन जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।

पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ४ निवासी ५५ वर्षीय रघुवीर यादवको आज बिहान खेतमा भैँसी चराउने क्रममा अचानक चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो ।

त्यसै गरी पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ गदियानी टोल निवासी २६ वर्षीय रसुल्लाह गदी पथवाघाट नजिकै भैँसी चराउने क्रममा आज बिहान वर्षासँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रवक्ता खनालले बताउनुभयो ।

त्यस्तै पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ३ निवासी ५० बर्षिया अस्तुर्नी देवी थरुनी खेतमा काम गरिरहेको अवस्थामा आज बिहान अविरल वर्षासँगै परेको चट्याङ लाग्दा घटना स्थलमै मृत्यु भएको छ ।

त्यसै गरी चट्याङ लागेर स्थानीय ४० बर्षिया अमृता देवी गुरौ, ३५ बर्षिया सुन्दरर्मा देवी चौधरी, ३५ बर्षिया सुन्दरी देवी भौया र ५५ वर्षीय दुखा गुरौ घाइते भएका छन् ।

घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भएको प्रहरी प्रवक्ता खनालले बताउनुभयो ।

त्यसै गरी पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ मा चट्याङ पर्दा खेतमा काम गरिरहेका ४० वर्षीय राजवंशी महरा गम्भीर घाइते भएको र उपचारका लागी वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button