तपाईँ सुन्दै हुनुहुन्छः

झापाको विरिङ नदीमा एक पुरुषको शव फेला

झापा । झापाको अर्जुनधारा नगरपालिका–१ स्थित विरिङ खोलामा एक पुरुषको शव फेला परेको छ । 


साधुटार –होक्से सडक खण्ड अन्तर्गत पर्ने खोलामा अन्दाजी ४० ४५ वर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पेन्ट मात्र लगाएको अवस्थामा खोलामा आज बिहान शव भेटिएको प्रहरीको भनाइ छ । 


इप्रका बिर्तामोडका डिएसपी सन्तोष आचार्यका अनुसार शवको पहिचान हुन सकेको छैन । बिहानै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button